गोरखा / जनता समाजवादी पार्टी गोरखाका उपाध्यक्ष राजेन्द्र पराजुलीले खेलकुद पोसाक सहयोग गरेका छन् ।
आरुघाट गाउँपालिका थुमी स्वाँराका ३ क्लवलाई उपाध्यक्ष तथा समाजसेवी पराजुलीले खेलकुद पोसाक सहयोग गरेका हुन् ।
गाउँपालिकाका पोखरी, निबोट र जिनुक युवा क्लवका खेलाडीहरुलाई ९/९ सेटका दरले खेलकुद पोसाक सहयोग गरेका हुन् । युवाहरुलाई खेलकुदमा आकर्षण गराउन र खेलाडीहरुलाई उत्साहित बनाउन सहयोग गरेको पराजुलीले बताए ।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, जसपा नेतृ हिसिला यमीलगाएतको उपस्थितिमा पराजुलिले सहयोग गरेका थिए ।

यस्तै, पराजुलीले आरुघाट गाउँपालिकामै हिजो (बुधबार) ६५ घरपरिवारलाई खाद्यन्न सहयोग गरेका थिए । गाउँपालिकाको १,२,३,४ र ५ वडाका भूमिहिन, अशक्त, बृद्ध र छाक टार्न समेत गाह्रो परेका प्रत्येक घरपरिवारलाई १ बोराका दरले ६५ घरपरिवारलाई चामल सहयोग गरेका थिए् ।
पराजुलीले गोरखाका विभिन्न ठाउँका बिपन्न घरपरिवारलाई राहत सामाग्रीहरु सहयोग गर्दै आइरहेका छन् । उनी राजनीति क्षेत्र सँगसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन् ।





















