चितवन / नेकपा एमाले काे १०अैाँ महाधिवेशनमा राष्ट्रिय जनसास्कृतिक महासँघ नेपाल चितवनले महत्त्वपूर्ण सास्कृतिक प्रस्तुति प्रदर्शन गर्ने भएकाेछ ।
पार्टीको सास्कृतिक समिति का सह-सँयाेजक एवँ केन्द्रीय सदस्य देवी ज्ञवाली काे प्रमुख आतिथ्यता र राष्ट्रिय जनसास्कृतिक महासँघ नेपालका केन्द्रीय सचिवालय सदस्य पुष्प आचार्य काे विशिष्ट आथित्यतामा यहि ३० गते जिल्ला पार्टी कार्यलयकाे हलमा सम्पन्न महासँघ चितवनको वैठकले साे निर्णय गरेकाे महासँघ चितवनका सचिव कृष्ण खनालले जानकारी दिनुभयाे ।
वहाँ का अनुसार महासँघ चितवनले माैलिकतामा आधारित स्टेज प्रस्तुति का साथै जनसाहित्य मन्च चितवनले साहित्यिक प्रस्तुति प्रस्तुत गर्नेछ । वैठकमा अतिथिका रुपमा उपस्थित रहनुभएका युवा सँघका सचिवालय सदस्य एवं महासँघ चितवन सल्लाहकार अस्मिन घिमिरेले ले समग्र कार्यक्रम काे माेडालिटीकाे वारेमा छलफल चलाउनुभएकाे थियाे ।
महासँघले आफुले प्रस्तुति गरिने कला र साहित्य काे आन्तरिक तयारी गर्न केन्द्रीय सचिवालय सदस्य पुष्प आचार्य काे अनुगमन मुल्यांकन रहने महासँघ चितवनले जनाएको छ ।वैठक महासँघ जिल्ला अध्यक्ष केदार दवाडी काे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।
नेकपा एमाले ले दशाैँ महाधिवेशन काे नारायणी नदि किनारमा मङ्सिर १० गते उद्घाटन समारोह गर्नेछ भने ११ र१२ गते साैराहामा बन्द सत्र सँचालन हुनेछ ।





















