मुक्तक ❣️❣️
यो देशमा रोजगार मूलक शिक्षाको अभाव छ सरकार
मास्टर्स पढे बेरोजगार छु तनावै तनाव छ सरकार ।
किन युवाशक्ति परिचालन गर्न सक्दैनन् हाम्रो देशमा
केही त भन्दे न आखिर त माथि कस्को दबाब छ सरकार ।
हेर मिरा आर्काको हुँदा आशुको भल हुनेछ
पराईको घरमा सजिएपछि मात्र छलफल हुनेछ ।
पराईले मेरी बुढि कता छौं तिमी भनेर बोलाउदा
घाँटी सेक्नु , मुटु सेक्नु अनि शितल हुनेछ ।





















