आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार उद्घाटन खेलमा ललितपुरका दुई टोलि फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
कात्तिक २९ गते हुने उद्घाटनमा फ्रेन्ड्स र सातदोबाटो आमनेसामने हुने भएका छन् ।दशरथ रंगशालामा बेलुका ५ बजे सुरु हुने उद्घाटन खेल फ्लड लाइटमा खेलाईने एन्फाल जनाएको छ ।
सातदोबाटोले पहिलो पटक ुए’ डिभिजन लिग खेल्न लागेको हो । सातदोबाटो यसै वर्ष ुबी’ डिभिजनको च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको हो।
राष्ट्रिय लिग प्रतियोगितामा ुए’ डिभिजनका १४ क्लबले भाग लिएका छन् ।प्रतियोगिताको विजेताले ७५ लाख पाउने अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ ।
यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छन् ।यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ुबी’ डिभिजनमा झर्ने छन् ।
ए डिभिजनमा अघिल्लो सिजनको उपाधि मच्छिन्द्र क्लबले जितेको थियो ।
हेर्नुहोस् खेल तालिकाः






















