चितवन / अन्तर्राष्ट्रिय समाजिक संस्था लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टु अन्तरगतको लायन्स क्लब अफ नारायणगढ बालकुमारीले वर्ष २०२०/२०२१ का पदाधिकारीलाई पद हस्तान्तरण गरेको छ ।लायन्स क्लब नारायणगढ बालकुमारीका वर्ष २०१९/२०२० का पदाधिकारीले वर्ष २०२०/२०२१ का पदाधिकारीलाई पद हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टु का प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्ट प्रमुख अतिथि रहेका थिए । भट्टले वर्ष २०१९/२०२० को टिमले गरेका ठुला र दीर्घकालिन कार्यक्रमहरुको प्रशंसा गर्दै गरेका थिए । यस क्लबले डिष्ट्रिक्ट र स्थानीय क्षेत्रमा स्थापित गरेको नामलाई २०२०/२०२१ को कार्यसमितिले थप उचाईमा लैजानेमा आफू विश्वस्त रहेको बताउँदै भट्टले सामाजिक कार्यमा सधैँ अग्रसर हुन नयाँ कार्यसमितिलाई आग्रह गरेका थिए ।
क्लबका अध्यक्ष इन्जिनीयर हरिराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रम क्लबका पूर्व अध्यक्ष नेत्र प्रसाद आचार्यले सञ्चालन गरेका थिए । क्लबको स्थापनादेखि हालसम्मका गतिविधिको बारेमा संस्थापक तथा पूर्व अध्यक्ष टेक बहादुर थापाले संक्षिप्त जानकारी गराएका थिए । पद हस्तान्तरण कार्यक्रममा पदीय दायित्वको बारेमा क्लब कै पूर्व अध्यक्ष इन्जिनीयर ईश्वर राजभण्डारीले प्रकाश पारेका थिए ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी टुका एरिया कोर्डिनेटर प्रभाकर पण्डित र रिजन चियर पर्सन दिनानाथ न्यौपानेलगायतको सहभागिता रहेको थियो ।
सो क्लबको वर्ष २०२०/२०२१ का लागि अध्यक्ष हरिराम पौडेल, निवर्तमान अध्यक्ष बालगोपाल चुके, प्रथम उपाध्यक्ष रामचन्द्र सापकोटा, द्वितीय उपाध्यक्ष शंकर आचार्य, तृतीय उपाध्यक्ष रामजी थापा निर्वाचित भएका सचिव शेरबहादुर पौडेलले जानकारी दिए । त्यस्तै क्लबको सचिवमा शेरबहादुर पौडेल, कोषाध्यक्ष ध्रुवकुमार पौडेल, सहसचिव चन्द्रमणि भट्टराई, निर्देशकहरु मोहन श्रेष्ठ, ललितमान श्रेष्ठ, गणेश भट्टराई, रवि पिया रहेका छन् । त्यस्तै, जनसम्पर्क अधिकृतको रुपमा राजेश जोशी, टेल ट्वीस्टरमा अभिमन्यु श्रेष्ठ र टेमरमा रमेश खड्गी निर्वाचित भएका सचिव पौडेलले जानकारी दिए ।





















