गोरखा / प्रेस सेन्टर नेपाल गोरखाको चौथो जिल्ला अधिबेशनले दानबहादुर गुरुङको अध्यक्षतामा १५ सदस्सीय जिल्ला कार्यसमिति चयन भएको छ ।
गोरखा सदरमुकाममा सम्पन्न भएको अधिबेशनले गुरुङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको निर्वाचन मण्डलका संयोजक रामबहादुर ढकालले जानकारी दिनु ।
अधिबेशनले जिल्ला समितिको उपाध्यक्षमा राजेश पौडेल, सचिवमा धनबहादुर गुरुङ, सहसचिवमा सन्दिप सुनार, महिला संगीता चेपाङ र कोषाध्यक्षमा बिमल श्रेष्ठलाई चयन गरिएको संयोजक ढकालले जानकारी दिए ।
अघिबेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रेस सेन्टर नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) गोरखाका अध्यक्ष लेखबहादुर थापामगरले आम श्रमजिवी जनता, सर्वंहारा वर्ग र आवाज विहिनहरुको आवाज बन्नुपर्ने बताए।
उहाँले माओबादी र सिद्धान्तलाई आम जनतासम्म पुर्याउन संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै उल्लेख गरे । अध्यक्ष थापामगरले गोरखामा जिल्लामा माओबादी केन्द्र सवैभन्दा ठूलो पार्टी बन्ने समेत बताए ।
कार्यक्रममा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका प्याक्सन इन्चार्ज लोकप्रसाद बन्जरा (अक्कल) ले सहिद कृष्णसेन इच्छुकले देखाएको बाटोमा प्रेस सेन्टर निरन्तर अघि बढ्नु पर्ने बताए।
उनले जनयुद्धको समयमा गोरखा जिल्लाबाट अधिबक्ता भएर समेत पार्टीलाई पत्रकारिताको क्षेत्रमा सहयोग पुयाउदै आएका बेला राज्यबाट बेपत्ता बनाइएका राजेन्द्र ढकालको योगदानको स्मरण समेत गरे ।
कार्यक्रम प्रेस संगठन गोरखाका फयाक्सन इन्चार्ज अंकुर तिमल्सिना (आयाम) ले जिल्लामा संगठनलाई थप सुदृढ गर्दै अघि बढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा प्रेस संगठनका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कमिटिका कोषाध्यक्ष राजेन्द्र न्यौपाने, प्रेस संगठन गण्डकी प्रदेशका सहसंयोजक दिपक श्रेष्ठ, जिल्ला संयोजक गुणराज रोका लगायतले सम्बोधन गरेका थिए ।





















