काठमाडौँ / सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउँदो मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले आज (बिहीबार) सार्वजनिक गरेको संशोधित कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते काठमाडौँमा हुनेछ ।
यसअघि हिजो मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो । महाधिवेशन तालिका सार्वजनिक भएसंगै कांग्रेसमा चुनावी माहोल फेरि तातेको छ ।






















