चितवन / भरतपुर अस्पताल कर्मचारी युनियनको अध्यक्षमा कृष्णप्रसाद शर्मा पौडेल निर्वाचित भएका छन् ।
युनियनको आज सम्पन्न आठौं अधिवेशनले पौडेललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
पौडेलले १३१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी विष्णुप्रसाद बास्तोलाले ६२ र डा. दामोदर तिवारीले ४९ मत प्राप्त गरेका छन् ।
युनियनको उपाध्यक्षमा डा. दिपेन्द्र न्यौपाने र सचिव शिवप्रसाद बसेल निर्विरोध निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा डा.प्रतिक न्यौपाने १४४ मत सहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी अस्मिता ज्ञवालीले १२ मत प्राप्त गरेका छन् ।
यस्तै सहसचिवमा ८३ मत सहित राजनबाबु तिवारी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी शर्मिला पाठकले ७९ र उत्तम पौडेलले ७५ मत प्राप्त गरे ।
सदस्यमा इरिना प्रधान , बुद्धलाल गुरुङ्ग, अनुजा खनाल, रमा रिजाल, गौरी शर्मा, ज्ञानबहादुर भण्डारी, रनकुमारी लामिछाने र तुलसी थापा विजयी भएका छन् ।





















