काठमाडौं / सरकारले भारत, अमेरिका र बेलायतका लागी राजदुत सिफारिश गरेको छ ।
अमेरिकाका लागी श्रीधर खत्री, बेलायतका लागी ज्ञानचन्द्र आचार्य र भारतमा डा. शंकर शर्मालाई राजदुत सिफारिश गरिएको हो ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पहिलाका सरकारले राजनीतिक रूपमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको थियो।
शर्मा यसअघि पनि राजदूत भइसकेका थिए। उनी अमेरिकाका लागि राजदूत भएका थिए। यस्तै खत्री परराष्ट्र मामिला विज्ञ हुन् भने आचार्य पूर्वसचिव हुन्।





















