काठमाडौं / नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य वर्षमान पुन अनन्तलाई पुरानै रोगले च्यापेको छ ।
विभिन्न राजनीतिक कार्यक्रमका लागी रोल्पा पुगेका पुनलाई अत्याधिक ज्वरो आउने र वाकवाकी लाग्ने समस्या भएपछि काठमाडौं फर्किएका थिए ।
ललितपुरस्थित सुमेरु अस्पतालमा परिक्षण गरेका पुनलाई जण्डिसको पुरानै समस्या बल्झिएको थियो । झण्डै दुई वर्षअघि पनि नेता पुन जण्डिसका कारण गम्भिर विरामी परेर थाईल्याण्डमा उपचारका लागी लगिएको थियो ।
अहिले पनि पुनलाई पुरानै रोग बल्झिएको अस्पताल स्रोतले बताएको छ । उनको यो रोग बंशानुगत भएको समेत बताइन्छ । सुमेरुका डा.युवराज शर्माको टोलीले केही औषधी चलाइएको भएपनि स्वास्थ्यमा सुधार नआएपछि पुनलाई पहिला उपचार गरिएकै बैंककस्थित समितिभेज अस्पताल लैजाने तयारी गरिएको छ ।
पारिवारिक स्रोतका अनुसार आज दिनभर पुनको स्वास्थ्यमा सुधार आए नआएको हेरिनेछ । हिजोका भन्दा सुधार नदेखिए बैंकक लैजाने तयारी भएको हो ।





















