काठमाडौं / सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले अध्यादेश खारेज गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले भदौ १ गते संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याएर राजनीतिक दलसम्बन्धी अध्यादेश सिफारिस गरेको थियो ।
अध्यादेश ल्याएलगत्तै माधव नेपालले नेकपा एमाले विभाजन गरेका थिए भने महन्थ ठाकुरले जनता समाजवादी पार्टी विभाजन गरेका थिए।





















