चितवन / नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको निर्बाचनमा चित्रसेन अधिकारी बिजयी भएका छन् ।
आइतबार अबेर आएको मत गणनाको अन्तिम विवरण अनुसा चित्रसेन अधिकारिले ६४९ मत प्राप्त गरे।
उनका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त गरे । चित्रसेनले १०३ मत बढी ल्याएका हुन।
महानगर सभापतिकै अन्य उम्मेदवारहरु हिरामणी अधिकारीले १२९, बचन कार्कीले ७५ तथा अर्जुनप्रसाद रिजालले २६ मत प्राप्त गरेका छन् ।
यस्तै महानगर उप सभापतिमा वुद्धिकान्त न्यौपाने र बिजय घले बिजयी भएका छन् । न्यौपानेले ६६१ तथा घलेले ५५६ मत प्राप्त गरेका छन् । महानगर सचिवमा प्रनिशा गुरुङ र कृष्ण बगाले बिजयी भएका छन् । गुरुङले ५४६ तथा बगालेले ४५६ मत प्राप्त गरेका छन् ।
उता सह सचिवमा उपेन्द्र पण्डित र कल्पना खड्का पौडेल बिजयी भएका छन् । पण्डितले ५१३ तथा पौडेलले ४२० मत प्राप्त गरेका छन् ।





















