काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका उपाध्यक्ष भीम रावललाई सुदुरपश्चिमको इन्चार्ज नदिने बताएका छन।
रावल माधव नेपाल समूहमा लागेपछि सुदूरपश्चिम प्रदेश पार्टी इन्चार्जको जिम्मेवारी लेखराज भट्टलाई दिइएको थियो। तर, नेता रावल हाल एमालेमै फर्केका छन।
अध्यक्ष ओलीले सुदूरपश्चिम इन्चार्जमा भट्ट नै यथावत रहने बताएका हुन। अध्यक्ष ओलीले रावललाई उपाध्यक्षकै भूमिकामा रहन निर्देशन दिएका छन।
ओलीले नेताहरूसँगको छलफलपछि पार्टी २ जेठ २०७५ मा फर्किए अुनसार इन्चार्जमा दाबी गर्दै आएका उपाध्यक्ष रावललाई सुदूरपश्चिम प्रदेशमा समन्वयकारी भूमिका खेल्न पनि निर्देशन दिएका छन्।





















