चितवन / चितवनको माडी नगरपालिका वडा नं ७ का बोनम्यारो समस्या बाट पिडीत बनेका ७ बर्षका बालक युनिक ढकालको उपचारका लागी फेशबुक पेजको माध्याम बाट २२ लाख रुपैया सहयोग संकलन गरिएको छ ।
जन्मेको ३ महिना बाट बोनम्यारो रोग सगँ जुधिरहका ढकालको बोनम्यारो टान्सप्लान्टका लागी ठुलो रकम आबश्यक पर्ने अस्पतालले बताएपछि सहयोगको अपिल गर्दे गत जेठ महिना बाट सुरु गरिएको फेशबुक अभियान मार्फत ३ महिनाको अबधिमा २२ लाख रुपैया सहयोग रकम संकलन गर्न सफल भएको हो ।
चितबन माडीका स्थानियबासी तथा पत्रकार लक्ष्मण गौतम , महिला सामाजिक अगुबा देबीका कुबँर लगायतको अगुबाईमा बिरामी बालकको उपचारका लागी गत जेठ २४ गते बाट फेशबुक पेज मार्फत युनिक ढकाल बचाँउ अभियान लाई तिब्रता दिएपछि अभियानले गति लिएको हो ।
माडीका स्थानियबासीको अगुबाई , देशभरिका आम नेपाली दाजुभाई दिदी बहिनीको सहयोग र बिदेशमा छरिएर रहेका नेपालीहरु वाट अभियान मार्फत सहयोग जुटेको हो । बाबु युनिको अबस्था गम्भिर हुदै गएको अबस्थामा लकडाउन लगायतको समस्याका बिचमा सुरु गरिएको अभियानले छोटो समयमा अपेक्षित रकम संकलन भएको र उपचारका लागी हाल आबश्यक भएको आधारभुत रकम संकलन भएकोले उनीको उपचार सुरु भै सकेको अभियानका अगुबा लक्ष्मण गौतमले बताउनु भयो ।
देश र बिदेशमा रहेका आम नेपालीले युनिकको उपचारका लागी देखाउनु भएको मानबिय सहयोगले अब रकम अभाबमा केही पनि नेपाली उपचार बिहिन भएर मर्नु पर्ने अबस्था आउनुहुदैन भन्ने शन्देश दिएको बताउदै अभियान लाई बिश्बास गरेर गरिएको सहयोगका लागी सबै प्रति आभार ब्यक्त गर्नु भयो ।
रकम अभाबका कारण ढकालको उपचार असंम्भब भएको अबस्थामा अभियानले संकलन गरेको रकमले अब छोराको उपचार पुराहुने कुरामा आशाबादी रहेको र सहयोगी सबै प्रति आफू ऋणी भएको बिरामी बालककी आमा सिता ढकालले बताउनु भयो ।
केही महिना अगाडी बिरामी बालकको बोनम्यारो टान्सप्लान्टका लागी काठमाण्डौ स्थित सिभिल अस्पतालले १५ लाख रुपैया लाग्ने बताएपछि बिरामी बालककी आमा सिता ढकालको अनुरोधमा युनिक ढकाल बचाउ अभियान सुरु गरिएको थियो ।
यसैबिच युनिक ढकाल बचाउन अभियान मार्फत उपचारका लागी सहयोग रकम संकलनको काम स्थगित गरिएको अभियानले जनाएको छ ।
बिहीबार अभियानले एक सुचना जारी गर्दे हालको अबस्थामा उपचारका लागी आबश्यक हुने रकम संकलन भएको र उपचार प्रकृया लामो भै थप रकम आबश्यक भएमा पुन सहयोगको लागी अनुरोध गरिने भन्दै हाल लाई सहयोग रकम संकलनको अभियान लाई स्थगित गरिएको जनाएको हो ।
अभियान अन्तरगत हाल सम्म २२ लाख रुपैया संकलन भएको भएपनि तिन महिनाको अबधिमा बालक ढकालको उपचार प्रकृयामा करिब २ लाख ५० हजार खर्च भएको र १९ लाख ५० हजार रुपैया बैकमा जम्मा रहेको अभियानले जनाएको छ ।
बिरामी बालक ढकालको उपचार सुरु बाट नै काठमाण्डौ स्थित सिभिल अस्पतालले गर्दे आएको र अबका केही दिनमा बिरामी बालक युनिकको बोनम्यारो टान्सप्लाट उनका बाबा यम ढकालको बाट गरिन लागेको अभियानले जनाएको छ ।





















