काठमाडौँ / संघीय संसद्को बुधबारबाट सुरु हुने नवौँ अधिवेशनको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुखले बाचन गरेर सुनाउने देखि गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ पेस गर्ने उल्लेख छ ।
यस्तै, सोही बैठकमा विभिन्न अध्यादेश अस्वीकार गरियोस् भन्दै प्रस्ताव पेस हुने भएका छन् । र अन्तमा शोक प्रस्ताव पेस हुने सार्वजनिक सम्भाविक कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै भोलि नै दार्चुला घटनासम्बन्धी प्रतिवेदन पनि पेश गरिने बताइएको छ । संसद् सचिवालयले यसलाई भने संभावित कार्य सूचीमा भने राखेको छैन ।





















