चितवन / चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सनिवार जारी गरेको आदेशमा सिनेमा हल , मठ ,मन्दिर ,मस्जिद ,चर्च लगायतका धार्मिक स्थलबाहेकमा स्वास्थ्य मापदण्ड अपनाएर संचालन गर्न पाउने जनाइएको छ ।
अब नेपाल सरकारबाट निर्धारित जनस्वास्थ्यका मापदण्ड पूरा गरेर भौतिक रुपमा उपस्थित भइ गरिने सभा ,सम्मेलन गोष्ठी साधारणसभा जस्ता कार्यहरु गर्न पाइने छ।
जिल्लामा रहेका शैक्षिक संस्थाहरुको हकमा बिधालय ब्यबस्थापन समितीको सिफारिसको आधारमा जिल्ला कोभिड(१९ ब्यबस्थापन समिती संग समन्य गरि संचालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ।
पार्टी प्यालेसहरुको हकमा क्षमता संख्याको ५० प्रतिशत मात्र राखी सांझ ६ बजे सम्म खोल्न पाइने भएको छ भने होटेल रेस्टुरेन्टहरुको हकमा बेलुकी ९ बजे सम्म मात्र संचालन गर्न पाइने छ।
बिगत पन्ध्र दिन यताको अबस्थालाई मध्यनजर गर्दै आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए।
लामिछानेका अनुसार कोरोना संक्रमीत दर, दैनिक संक्रमीत संख्या र अस्पतालमा रहेका बिरामीको संख्यालाई आधार मानेर यो निर्णय गरिएको उनको भनाइ छ।
साथै सबैले स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गर्न र गराउन पनि अनुरोध गरेका छन।























