काठमाडौ / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद सुल्झाउँन भर्खरैदेखि निर्णायक वार्ता सुरु भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमद दाहाल प्रचण्डबीच देखिएको टकराव अन्त्यका लागि निर्णायक भनिएको वार्ता सुरु भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट निस्किएका प्रचण्ड सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षको तर्फबाट दुई–दुईजना सहयोगी नेताहरु समेत वार्तामा छन् ।
ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल छलफलमा सहभागी भएका छन् भने प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन् ।
यसअघि शुक्रवार दुई अध्यक्षबीचको वार्तामा विष्णु पौडेल र जनार्दन शर्मा सहभागी थिए । तीन घण्टा सम्म चलेको सो छलफलले निष्कर्ष निकालेको थिएन । नेकपा स्थायी कमिटी बैठक सोमबार बस्दैछ ।





















