चितवन / म्यादीको बेनि बाट घर छोडेर भागेर चितवन पुगेका दुई जना बालकहरु लाई प्रहरीको सहयोगमा आईतबार परिवारको जिम्मा लगाइएको छ ।
सामाजिक अगुवा देबिका कुवरको पहलमा म्याग्दी घर भएका १२ वर्षका आशिष् पौडेल र ९ वर्षका कमल किसान लाई वडा प्रहरी कार्यालयको सहयोगमा परिवारको जिम्मा लगाइएको हो । उनिहरु दुबै जना बेनिबाट दुई हप्ता अगाडि साईकलमा हिँडेका र भरतपुर स्थित आपटारीमा शनिबार बिहान भेटेपछी कुवरले बालकहरुको हुलिया सामाजिक संजाल फेशबुकमा पोस्ट गरेपछी परिवार सम्पर्क आएका हुन ।
फेसबुकमा पोष्ट भएको एक घण्टा पछाडि बेनिका समाजसेवी प्रकाश पौडेलले चितवनकी युवा अगुवा रचना सापकोटालाई जानकारी गराएपछी परिवार सग सम्पर्क भएको थियो । उनिहरु दुबै लाई शनिबार वडा प्रहरी कार्यलयमा राखिएको र आईतबार परिवारको जिम्मा लगाइएको हो ।
आशिषको बुवा र भेडाबारी गैंडाकोटबाट आउनु भएको कमल को भान्जाको साथमा आशिष् र कमललाइ जिम्मा लगाइएको सामाजिक अगुवा देवीका कुवरले बताउनु भयो । बच्चाहरुले धेरै झुठो बोल्ने गरेको तथा यस अघि पनि पटक पटक घरबाट भागी हिड्ने गरेको परिवारले जनाएका छ्न ।





















