काठमाडौं / नेकपा एमालेले पार्टीको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना गर्ने निर्णय गरेको छ।
यस्तै, यही भदौ २७ र २८ गते गर्ने भनिएको विधान महाधिवेशनलाई केही पछि सारेर असोज पहिलो ५ र ६ गते गर्ने निर्णय पनि स्थायी कमिटी बैठकले गरेको छ।
यसैगरी स्थानीय तहका अधिवशेनहरुको मिति पनि सारिएको छ।
एमालेले पाटीलाई टुटफुट र विभाजनबाट जोगाउन सबै नेता कायकर्ताहरुलाई आग्रह गरेको छ।
हालसम्म माधवकुमार नेपाल पक्षमा रहेका १० नेता सहित एमालेको आज बसेको स्थायी कमिटी बैठकले पार्टी एकताको पक्षमा उभिन सबै नेता कार्यकर्तालाई आग्रह गरेको हो।
ललितपुरको बालकुमारी च्यासलमा बसेको स्थायी कमिटी बैठकपछि सामुहिक फोटो सेसन पछि प्रवक्ता प्रदीप ज्ञवालीले बैठकका निर्णय सुनाउँदै माधवकुमार नेपालसहित नयाँ पार्टी दर्ता गर्न लागेका नेताहरुलाई त्यस्तो गलत कामबाट फिर्ता हुन आग्रह गरे । प्रवक्ता ज्ञवालीले आजको बैठक एकताको बैठक भएको बैठकले निस्कर्ष निकालेको बताए । बैठकले १० बुँदे सहमतिलाई अनुमोदन गरेको छ ।
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दर्ता हुने अघिल्लो दिन एमाले स्थायी कमिटी बैठक बसेको हो।
भीम रावल, घनश्याम भूसाल गोकर्ण विष्ट सहितका नेपाल खेमाका नेताहरु यो स्थायी कमिटी बैठकमा सहभागीतासँगै अब औपचारिक रुपमा पार्टी संस्थापन पक्षमा समाहित भएका छन्।





















