चितवन / नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीबासीका आफ्नो चुनावी बाचा अनुसार चितवन राष्ट्रिय निकुञ्जभित्र आकाशे पुल निर्माणको योजना पार्न सफल बनेको छ ।
चितवन राष्ट्रिय निकुञ्जभित्र आकाशे पुल निर्माणको योजना संघीय सरकारको रातो कितावमा प्रकाशित भएकोसगैँ चितवन क्षेत्र नं. ३ का सासंद समेत रहेका अध्यक्ष प्रचण्डले बालेको बाचा पुरा हुने भएको हो ।
जसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले सार्वजनिक गरेको आर्थिक बर्ष २०७७/७८को रातो किताबको पृष्ठ संख्या ७१ मा सो योजना सुचिकृत भएको हो ।रणनैतिक पुल सडक निर्माण शीर्षक अन्तरगत ७३ औं नम्बरमा भरतपुर महानगरपालिका र माडी नगरपालिका जोड्ने राष्ट्रिय निकुञ्जमा आकाशे पुल निर्माण गरिने योजना समेटिएको हो । यद्यपि यस योजनाका लागि बजेट भने केवल ५० लाखमात्र विनियोजन गरिएको छ ।
यसबाहेक रातो किताबको पृष्ठ संख्या २७ को क्रमांक ३५३ मा माडी न पा २ भैरवपुर र माडी ३ को बैराठ गाउँ जोड्ने स्थानमा पुल निर्माणका लागि ४७ लाख ५० हजार रुपैंया विनियोजनको योजना प्रकाशित छ ।
त्यसैगरी सोही पृष्ठको क्रमांक नं। ३७७ मा माडी नगरपालिका २ र ४ जोड्नेगरी चितई खोला पुल निर्माण तथा क्रमांक नं। ३७८ मा माडी ३ को रतनी खोलामा पुल निर्माणका लागि लागि समान ४७ लाख ५० हजार रुपैंयाको योजना समेटिएको छ । त्यस्तै पृष्ठ संख्या ५९ को क्रमांक नं। १८ र १९ मा माडीमा निर्माण हुने पुलहरुको सम्भाव्यता अध्ययनको योजना समेत समेटिएको छ ।





















