गोरखा/ गोरखा नगरपालिकाको ५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि अनिश्चितकालको लागि सेवा बन्द गरेको छ ।
गोरखा नगरपालिकाले सोमवारदेखि अत्यावश्यक बाहेकको सेवा बन्द गरेको हो । कार्यालय बाट नियमित सेवा प्रवाह गर्दा अन्य कर्मचारी र सेवाग्राही समेत संक्रमण फैलन सक्ने भएकोले अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरेको गोरखा नगरपालिकाद्वारा जारी सुचनामा उल्लेख छ ।





















