चितवन/ पर्यावरण संरक्षण एंव वातावरणिय स्वच्छताका लागि लायन्स क्लब अफ चितवन गोल्डेनले आज कमलादेबी मन्दिर परिसर भरतपुर ११ चितवनमामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले धुपी ,कल्लीफूल , गोलमोर, चिउरी ,अर्जुना , कपुर, राजबृक्ष, चन्दन, अर्जुना लगायतका औषधि जन्य जातका एवं बिभिन्न प्रकारका फुलका गरी २१० बिरुवा रापेको हो ।
मन्दिर परिसरमा बृक्षारोपण शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका गर्भनर लायन रामप्रसाद भट्टले बृक्षारोपण सँग सँँगै सरक्षणमा बिशेष ध्यान दिन लायन्सहरुको ध्यानाकर्षण गराउनुभएको थियो । पर्यावरण सँगै पबित्र मन्दिर परिसरलाई अझ स्वच्छ बनाउने उद्देश्यले आफुहरुले औषधिय जातका बिरुवाहरु बृक्षारोपण गरेको कार्यक्रम संयोजक लायन रामचन्द्र तिमिल्सेनाले जानकारी दिनुभयो ।

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ सचिब प्रभाकर पण्डित, डिष्ट्रिक एक्जुकेटिभ चिफ दिनानाथ न्यौपाने, डिष्ट्रिक डेपुटी सचिब पूर्णप्रसाद शर्मा,एरिँया चिफ बालगोपाल चुके, कमलादेबी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भण्डारी, बिभिन्न टोल बिकास सस्थाका अध्यक्षहरु, कमलादेवी मन्दिर टोलका उपाध्यक्ष तथा पत्रकार नबिन बाबु मरहट्टा ,बिभिन्न लायन्स क्लबका सदस्यहरु तथा स्थानियहरु लगायतको सहभागितामा बृक्षारोपण सम्पन्न भएको हो ।
लायन्स क्लब अफ चितवन गोल्डेनका अध्यक्ष लायन जितेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम राजु पौडेलले सञ्चालन गर्नुभएको थियो ।






















