चितवन / सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गर्दै एक जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
पक्राउ पर्नेमा मृतक सुजिताको ठूलो बाबाको छोरा पर्ने झापा गाउँपालिका– ६ शरणमतिका २३ वर्षीय ‘सचिन’ भनिने सुकदेव भण्डारीलाई काठमाडौंबाट बिहीबार पक्राउ गरिएको सुजिता मृत्यु प्रकरणका अनुसन्धान अधिकृत डिसएपी इन्द्रबहादुर रानाले जानकारी दिए ।





















