काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन्।
आइतबार साँझ आफू माथि प्रतिनिधिसभामा विश्वासको मत छ भनि प्रधानमन्त्री देउवाले राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको हो।
प्रतिनिधिसभामा आज कायम रहेको २४९ जना सदस्यहरु मध्ये १६५ जनाले विश्वासको मत दिएकाले प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत प्राप्त भएको सभामुख अग्नी प्रसाद सापकोटाले घोषणा गरे।
प्रस्तावको विपक्षमा भने ८३ मत परेको थियो भने मत दिन्न भन्नेमा १ मत परेको छ।
प्रधानमन्त्री देउवालाई आफ्नो पार्टी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष, जनमोर्चा, नेकपा एमालेको माधव नेपाल पक्षको समेत समर्थन थियो। यस्तै एमालेको केपी ओली पक्षका ८ सांसदले पनि देउवालाई विश्वासको मत दिएका छन।
प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार कांग्रेसका सभापति देउवाले विश्वासको मत लिएका हुन्।





















