चितवन / चितवन इन्जिनियर्स एसोसिएसन भरतपुर केन्द्रको अध्यक्षमा वरिष्ठ ईन्जिनियर बिराट घिमिरे निर्वाचित हुनुभएको छ ।
आज ५९ ईन्जिनियर्स दिवसका अवसरमा आज भरतपुर २२ पटिहानिमा आयोजित ८ औ साधरण सभा तथा छैटौं अधिवेशनले घिमिरेको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिती निर्वाचित गरेको हो।
भरतपुर महानगर वडा नं. २२को सभाहलमा सम्पन्न सो अधिवेशनमा शिबहरि घिमिरे उपाध्यक्ष, कृष्ण रिजाल सचिव, काेषाध्यक्षमा सुमन काेईराला, सदस्यहरूमा अच्युत कोईराला, दिपक खनाल, गौतम ढकाल, सुशीला जमरकट्टेल, चन्द्रमणि बस्याल रहनुभएको छ । वडा अध्यक्ष बिष्णु महत्तो प्रमुख अतिथि रहनुभएको सो अधिवेशन एसोसिएसनका अध्यक्ष हरि भण्डारीको अध्यक्षतामा सप्पन्न भएको थियो।
कार्यक्रममा जिल्लाका करिब ५ दर्जन जति ईन्जिनियरहरुको उपस्थिति रहेको थियो। सस्थाका सचिव इन्जिनियर शिब हरि घिमिरेले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य भरतपुर च्यापटरका उपाध्यक्ष वरिष्ठ ईन्जिनियर भरत आचार्यले गर्नुभएको थियो।






















