काठमाडौं / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्या भण्डारीलाई राजीनामा दिन आग्रह गर्दै नदिए महाभियोग लगाउने चेतावनी दिएका छन् ।
भण्डारीले राष्ट्रपतिको भूमिका निर्वाह नगरी ओलीको कारिन्दा बनेको भन्दै प्रचण्डले सक्दो चाँडो राजीनामा दिन सल्लाह दिएका छन् । प्राइम टिभीलाई दिएको अन्तरवार्तामा उनले भने, ‘पछिल्ला गतिविधि हेर्दा उहाँ देशको राष्ट्रपति होइन्, केपीजीको कारिन्दा भएर प्रस्तुत भइदिनुभयो । यो दुर्भाग्यपूर्ण कुरा हो ।
गणतन्त्रकै लागि दुर्भाग्यपूर्ण कुरा भयो ।’ ओलीले संविधान मिच्दा रक्षम भएको भए अहिले भण्डारी हाईहाई हुन्दिन भन्दै उनले त्यो नगरेर मध्यरातमा अवैधानिक कामलाई जष्टिफाई गर्ने र म राष्ट्रपतिले सही गरेपछि जे पनि हुन्छ भनेझैं गरेको आरोप लगाए ।





















