एजेन्सी / कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाले हात पारेको छ । आइतबार विहान सम्पन्न फाइनलमा ब्राजिललाई एक गोलले पराजित गर्दै अर्जेन्टिनाले उपाधि माथि कब्जा जमाएको हो ।
अर्जेन्टिनाका लागि एन्जल डि मारियाले गरेको गोल नै निर्णयक बन्यो । उनले खेलको २२ मिनेटमा गोल गरेका थिए ।
डि पाउलले दिएको लामो पासमा डि मारियले उत्कृष्ट गोल गरेका हुन्।
ब्राजिलका रेनान लोडीले राम्रोसँग बल ठम्याउन नसक्दा डि मारियाले डिबक्स भित्रबाट बललाई गोल पोस्टको दिशा दिएका थिए ।
ब्राजिल र अर्जेन्टिनाबीच कोपा अमेरिकाको फाइनलमा तीन पटक प्रतिस्पर्धा भएको छ। सन् १९३७ मा दक्षिण अमेरिका च्याम्पियनसिपको नाममा हुने फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई २–० ले हराएर उपाधि जितेको थियो।
यस्तै सन् २००४ को कोपा अमेरिकामा ब्राजिल र अर्जेन्टिना उपाधिका लागि भिडेका थिए। पेरूमा भएको उपाधि भिडन्तको निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा ब्राजिल ४–२ गोलले विजयी भएको थियो।
सन् २००७ को कोपा अमेरिकाको फाइनलमा पनि अर्जेन्टिना र ब्राजिलबीच नै भिडन्त भएको थियो। जसमा ब्राजिलले ३–० ले अर्जेन्टिनालाई स्तब्ध पार्दै उपाधि लगातार दोस्रो पटक उपाधि जितेको थियो।
ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ जित्यो
ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ जित्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















