चितवन / पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर १० र ११ का बाढी पिडितलाई वाईसियलले राहत प्रदान गरेको छ ।
गत साता मात्रै आएको बाढीका कारण प्रभावित बनेका चेपागंसहितका समुदायलाई खाधान्न तथा भाडाकुडा राहात बितरण गरिएको हो ।
नेकपा ९माओवादी केन्द्र० को भातृ संगठन वाईसियल नेपाल कालिका नगर कमिटीको पहलमा बाईसियल नेपाल कालिका नगर समिति ,शिखर पोल्ट्री र रोटरी क्लब भरतपुरको संयुक्त सहयोगमा कालिका नगरपालिका वडा नम्बर १० र ११ मा राहत वितरण कार्यक्रम सम्पन्न भएको हो।
यसअघि कालिका कै वडा नम्बर ३ र ७ का ७० घर परिवारलाई पनि राहात वितरण गरिएको थियो।
माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य रामध्वज डल्लाकोटी , कालिका नगर कमिटी अध्यक्ष सविता लामा, कालिका नगर कार्यालय सदस्य बुद्धि पाण्डे, वाइसियल नेपाल केन्द्रिय सचिव दिवस पाण्डे , वाइसिएल कालिका नगर संयोजक इश्वर भट्टराई, कालिका बाईसियल फ्रयाक्सन इन्चार्ज राजेन्द्र ढुङगना, बाईसियल कालिका इन्चार्ज नवराज घलान लगायतको सहभागी थियो ।






















