काठमाडौं / मंगलबार राति भएको सेमिफाइनल खेलमा स्पेनलाई हराउँदै इटली फाइनल प्रवेश गरेको छ ।
निर्धारित समयमा १–१ को बराबरी भएको खेलमा अतिरिक्त समयको खेलमा समेत बराबरी भएको थियो ।
पुरै खेलमा बलमाथिको दबदवा कायम राखेपनि स्पेन इटलीसँग पेनाल्टी सुटआउटमा पुगेर पराजित भएको हो । स्पेनका लागी बैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका अल्बारो मोराटाले ८० औं मिनेटमा गोल फर्काएर खेललाई बराबरी ल्याएपनि पेनाल्टीमा चुकेका थिए । यसअघि खेलको ६० औं मिनेटमा इटलीका लागी चिसाले गोल गर्दै अग्रता दिलाएका थिए ।
इटालीका म्यानुअल लोकाटेलीका साथै स्पेनका ड्यानी ओल्मो र अल्भेरो मोराटा पेनाल्टीमा चुकेपछि इटली ४–२ को पेनाल्टी नतिजासहित पाmइनल प्रवेश गरेको हो ।





















