चितवन / गत असार ११ गते देखि हराइ रहेकी चितवनको राप्ती नगरपालिका बडा नम्बर ३ कि २२ बर्षकि सुजिता भण्डारीको शव आज फेला परेको छ ।
आज आइतबार दिउँसो सोही स्थानको ब्रम्हस्थानी सामुदायीक बनको झाडीमा उनको शव फेला परेको हो । प्रहरीले शवको पहिचान नभएको जनाए पनि उनका परिवारका सदस्यले सव सुजिताकै भएको बताएका छ्न ।
जंगलमा च्याउन टिप्न गएका स्थानियहरुले झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव सडे गलेको अवस्थामा फेला परेको हो । ९ दिन अगाडी गत ११ गते विहान ६ बजे साथिको घर जाने भनेर हिडेकी सुजिता दिउसो १२ बजे आफ्नी दिदीलाई फोन गरेर अपहरणमा परेको बताएकी भएपनि उनलाइ प्रहरीले पत्ता लगाउन सकेको थिएन ।
प्रहरीले उनको खोजी गरि रहेको भएपनी आज दिउँसो उनको शब बनमा भेटिएपछि स्थानीयहरुले उनको हत्या भएको हुन सक्ने बताएका छ्न । प्रहरीले एक सातादेखि केन्द्रिय अनुसन्धान व्युरोको टोलीले बेपत्ता घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।





















