थाइल्याड / केही देशहरुले लकडाउनका कारण बन्द रहेका शैक्षिक संस्थाहरु खोलिरहेका छन् । यसैक्रममा थाइल्याण्डमा पनि बिद्यालय खुलेका छन् ।
थाइल्याण्डका साम खोक स्कुलका विद्यार्थीहरु स्कुलका कक्षामा देखिएका छन् । उनीहरुले कोरोनाबाट बच्नका लागि बनाइएको नियमलाई पूर्ण रुपले अपनाएका छन् ।उनीहरु सूरक्षित कक्षा कोठा, फेसमा मास्क, सामाजिक दूरी र पूरानो मतपेटिका सुरक्षा कवचकोरुपमा प्रयोग गरेर र बिभिन्न नीति नियमहरुलाई अपनाएर स्कुलमा उपस्थित भएका छन् ।
थाइल्याण्डका स्कुलमा विद्यार्थीहरुले कक्षा लिइरहका केही तस्वीरहरु बाहिरिएका छन् ।थाइल्याड सरकारले स्कुललाई कोरोनाबाट बचाउनका लागि एक सुरक्षित विद्यालय बनाएर सञ्चालन गर्न दिएको छ । जहाँ आइसोलेसन, सामाजिक दूरी र मुखमा माक्स जस्ता उपायहरु अपनाउन लगाएको छ ।





















