चितवन / भरतपुर महानगरद्धारा ७ कृषक फार्मलाई अनुदानमा ट्याक्टर वितरण गरेको छ ।
भरतपुर महानगरले नगर भित्र कृषिको क्षेत्रमा आधुनिकिकरण र यान्त्रिकरण गर्दै अगाडि बढ्ने योजनाका साथ कृषकलाई धमाधम कृषि उपकरण वितरण गरेको छ ।
अहिले हरेक दिन जसो कृषिका अत्याधुनिक उपकरणहरु महानगरबाट किसानहरुले ५० प्रतिशत अनुदानमा प्राप्त गर्न थालेका छन् ।
भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छि व्यवसाय प्रर्वद्धन महाशाखाले धान रोप्ने अत्याधुनिक मेसिन (राईस टान्सप्लान्टर ) देखी कृषकको सामान ओसार पोसार र कृषि कर्मका लागी ट्याक्टर समेत किसानहरुलाई वितरण गरेको छ ।
महानगरले धमाधम कृषकहरुलाई लाखौं मुल्यका अत्याधुनिक र अत्यावश्यक उपकरणहरु वितरण गर्न थालेपछि किसानहरु पनि निकै उत्साहित भएका छन् ।
गत सोमबार मात्रै माहानगरले ६ वटा ट्याक्टर र एक वटा हाते ट्याक्टर किसानलाई वितरण गरेको छ । महानगरको परिसरमा एक कार्यक्रम गरि महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वति शाह ठकुरीले एक कार्यक्रमका बिच ट्याक्टर किसानलाई हस्तान्तरण गरेका हुन् ।





















