चितवन / कोरोना संक्रमणका कारण बाबुछोरा कै मृत्यु भएपछि पीडामा रहेका आचार्य परिवारलाई युवा व्यवसायी पुरु खनालको समुहले सहयोग गरेको छ।
गत बैखाखमा एक दिनको अन्तरमै बाबुछोराको मृत्यु भएपछि पीडामा रहेको रत्ननगर ३ शान्तिचोकका आर्चाय परिवारलाई व्यवसायी खनालको नेतृत्वमा सहयोग गरिएको हो।
खनाल लगायत स्थानीय व्यवसायी देवेन्द्रकुमार श्रेष्ठ, वाईसियल रत्ननगर अध्यक्ष राजेन्द्र धामी र डा. विश्व पौडेल लगायतको समुहले आचार्य परिवारलाई सहयोग गरेको हो।
आचार्य निवास पुगेका व्यवसायी खनालले आचार्य परिबारको स्थानीय सहकारीमा रहेको एक लाख ऋण भुक्तानी गरिदिने, ७ बर्षको छोरालाई १२ कक्षासम्म अध्ययन गर्ने व्यवस्थापन मिलाउने र तत्कालका लागि एक बर्षसम्म सो परिवारलाई दूघ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए। उनले बुहारी बिमला आचार्यलाई रोजगारीको व्यवस्था मिलाउने पनि जनाएका छन्।
अन्य सहयोग आवश्यकता अनुसार गरिने व्यवसायी खनालले बताए । यसैबिच समाजसेवी एवम् व्यवसायी खनालको समूहले रत्ननगरका विभिन्न स्थानमा विपन्न परिबारका लागि खाद्यान्नहरु समेत वितरण गरिरहेका छन्।





















