चितवन / समाचार संकलनका क्रममा रहेका खबरमुलुकडटकमका सम्पादक केपी शर्मामाथि चितवन प्रहरीले दुव्र्यबहार गरेको छ । शुक्रबार सांँझ ५ बजे नारायणगढको सहिदचोकमा प्रहरीले गरिरहेको चेकजाँचको समाचार संकलन गरिरहेका शर्मालाई ड्युटीमा रहेका ट्राफिक प्रहरीका हवल्दार र नेपाल प्रहरीका असई र हवल्दारले अपशब्द बोल्दैे दुव्र्यवहार गरेका हुन् ।
डिउटीमा खटिएका प्रहरीले तँ को हो ? र हाम्रो फोटो किन खिचेको भन्दै ट्राफिक प्रहरीका हवल्दार लेखनाथ पोखरेल ,वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी सहायक निरीक्षक केबि पुडासैनी र प्रहरी हवल्दार एम तामाङले गालिगलौज गर्दै लखेट्ने प्रयास गरेको सम्पादक शर्माले बताए ।
‘मैले आफ्नो परिचय दिंँदादिदै पनि हवल्दार पोखरेलले पटक पटक तँ को हो भन्दै अपशब्द प्रयोग गरे ।’ शर्माले भने । प्रहरी सहायक निरीक्षक पुडासैनीले जथाभावी फोटो र भिडीयो नखिच भन्दै खिचेको भिडियो र फोटो डिलिट गर्न समेत दवाब दिएको समेत शर्माले बताए ।‘प्रहरीहरुले मलाई १५ मिनेटसम्म घेरा हाले, केरकार गरे र हतोत्साही बनाए ।’ सम्पादक शर्माले भने ।

आफूले बुझाउने कोशिश गर्दागर्दै पनि सबै प्रहरी मिलेर हातपात सम्म गर्ने अवस्था आएकोले आफूले यस घटनाबाट बच्न त्यहांँबाट उम्केर त्यही पर माछापुच्छ्र्र्रे बैक नजिक गएर त्यहांँ रहेका प्रहरीकोगतिविधिको अवलोकन गरेको शर्माको भनाई छ । यसबारेमा नारायणगढ वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टलाई लाई सोध्दा प्रहरीबाट केहीन केही दुव्र्यबहार भएको स्वीकार गरे । ‘ प्रहरीहरुबाट केही रुखो शब्द र अलि आक्रामक व्यवहार भएको जस्तो देखियो । ’विष्टले भने । सबै प्रहरीको स्वभाव र बानी एउटै नहुने र नियतवस त्यस्तो घटना नभई परिस्थितिले यस्तो घटना सिर्जना भएको उनले बताए । प्रहरीले लकडाउन अवज्ञा गर्ने सवारीसाधनलाई चेकजँच गर्ने क्रममा एउटा मोटरसाइकल चालकले ब्लु बुक र लाइसेन्स भए नभएको चेकजांँच गर्दा शर्मा सोही अवस्थामा यसबारे बुझ्न पुगेका थिए ।
मोटरसाइकलले चालकलेआफ्नो मोबाइलमा ब्लुबुक र स्मार्ट लाइसेन्स भएको तर साथमा ती कागजपत्र नबोकेको विष्टले बताए । सो बिषयमा शर्माले मानवीय त्रुटी भन्दै एकपटकको लागि सम्झाई बुझाई चालकलाई छाडिदिन आग्रह गर्दा प्रहरीहरु एक्कासी शर्मामाथि खनिएका थिए । यस बारे ट्राफिक प्रहरी प्रमुख भगवान थापासंँग बुझ्न खोज्दा ट्राफिक प्रहरी हवल्दार पोखेरलबाट गल्ती भएको स्वीकार गरे । ‘यसबारे सत्य तथ्य के रहेछ म बुझेर सोही अनुसार अघि बढ्छु ।’ ट्राफिक प्रमुख थापाले भने । उनले आगामी दिनमा त्यस्ता गल्ती कमजोरी सच्याउने वाचा गर्दै भूलबश यदाकदा हुने कमजोरीलाई सामान्य लिन पनि आग्रह गरे ।
‘चितवनमा मात्र नभई देशभर भइरहने यस्ता घटनाले प्रहरीको साख र जनताप्रति विश्वाश कम हुदै जाने गर्दछ । यस्ता घटनाहरुलाई न्यूनिकरण,निरुत्साहित गर्नु पत्रकारको व्यवसायिक धर्म पनि हो ।’






















