चितवन / इन्टर्याक्ट क्लब अफ वाल्मीकिको सहयोग र इन्द्रेणी सक्षम महिला समूहको सहकार्यमा इन्द्रेणी टोल, आँपटारीमा रहेका ३० घरपरिवार र भोजाड ११ का ४० घरपरिवार गरी जम्मा ७० घरपरिवारका करिब ३०० जनालाई फिड द हङ्ग्री नेपालको सहयोगमा उक्त संस्थाका प्रतिनिधि सावित्री पौडेल र प्रज्ज्वल न्यौपानेको उपस्थितिमा खाद्यान्न सहयोग वितरण गरेको छ ।
प्रति परिवार सात केजी चामल, २ केजी दाल, नुन १ पोका, ६ थान सेनिटरी प्याड, १ थान सेनिटाइजर र मास्क वितरण गरिएको क्लबका अध्यक्ष इन्टर्याक्टर अमृत ढकालले बताए ।
इन्द्रेणी सक्षम महिला समूहले सहकार्य गरेको सहयोग कार्यक्रममा भरतपुर ११ भोजाडमा शान्ति आमा समूहले कार्यक्रम संयोजन गरेको थियो ।
कोरोनाको जोखिम अझै पनि व्याप्त रहेकोले सबैलाई सुरक्षितसाथ घरमै बस्न अनुरोध गर्दै निषेधाज्ञाका कारणले दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने सर्वसाधारणलाई हात मुख जोड्ने समस्या देखिएकोले खाद्यान्न सहयोग वितरण गरिएको , आवश्यकताको पहिचान गरेर विशेष गरि महिला ,दलिद र कोरोना विरामीलाई ध्यान दिएर अन्य स्थानहरूमा पनि थप खाद्यान्न सहयोग गर्ने समाजसेवी सावित्री पौडेल बताउनुभयो ।






















