काठमाडौँ / गैरसांसद सात मन्त्रीको नियुक्त्ति बदर गर्ने सर्वोच्च अदालतको आदेशबारे सत्तारुढ नेकपा एमालेले प्रतिक्रिया दिएको छ ।
बिहीबार सर्वाेच्च अदालतले संविधान विपरीत सात मन्त्री नियुक्त्ति भएको भएको भन्दै बदर हुने आदेश दिएको थियो ।
परराष्ट्रमन्त्री समेत रहेका एमालेका नेता प्रदिप ज्ञवालीले अदालतको फैसला कार्यान्वयन गर्नु कर्तव्य भएको प्रतिक्रिया दिएका छन् । ‘मैले भरखर नै सुनेँ । पूर्णपाठ हेर्न पाएको छैन । अदालतको निर्णयप्रति हाम्रो तर्क र फरक राय हुनसक्छन्,’ ज्ञवालीले भने, ‘अदालतको फैसलाको कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो । त्यो कार्यान्वयन गर्छौँ ।’
एमालेको स्थायी कमिटी बैठक बसिरहेको बेला सर्वोच्चले संविधान विपरीत सात मन्त्री नियुक्त्ति बदरको हुने फैसला गरेको थियो ।





















