काठमाडौं / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवालाई भेटेको भोलिपल्टै नेता नेपाल बूढानीलकण्ठ पुगेका हुन् ।
ओलीले विश्वासको मत लिनका लागि २७ गते संसद बैठक बोलाएका छन् । ओलीले देउवालाई विश्वासको मत दिन आग्रह गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सत्तारुढ एमालेभित्र चर्को विवाद भइरहेको बेला बिहीबार राष्ट्रपति भण्डारी र नेता नेपालबीच छलफल भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल सकिएलगत्तै नेता नेपाल राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।
प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिँदै छन् । तर नेपाल समूहले विश्वासको मत दिनअघि नै सामूहिक राजीनामा दिने बताउँदै आएका छन् । राजीनामा नदिए फ्लोर क्रस गर्ने नेपाल समूहको तयारी ।





















