बुटवल / विवादकै बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार मुख्यमन्त्रीको कार्यालयमा प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई सपथ गराएका हुन् ।
यादव आफ्नै कार्यालयमा धर्ना बसेका विपक्षी सांसदहरुको घेरो तोडेर मुख्यमन्त्रीको कार्यालय पुगेका थिए । यादव कार्यालयबाट निस्कँदा विपक्षी सांसदले घेरा हालेर छेकेपछि प्रहरी बल प्रयोग गर्दा केहीबेर झडप भएको थियो ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएपछि आइतबार बिहान मात्रै मुख्यमन्त्री पदबाट राजीनामा दिएका पोखरेल संविधानको धारा १६८ (१) बमोजिम पुन: मुख्यमन्त्री बनेका हुन् ।





















